बागमती प्रदेशको मन्त्रीमण्डल ११ बनाइयो. मन्त्रालय सम्हाल्ने ११ मन्त्री

१२ माघ २०७९, बिहीबार १४:०१

बागमती प्रदेशमा आज मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । यस प्रदेशमा ११ वटा मन्त्रालयको टुङ्गो लागेसंगै मन्त्रिपरिषद्ले पनि आज पूर्णता पाउने भएको हो । आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आठ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नु भएको हो । यस अघि १४ मन्त्रालय रहेक्क प्रदेशमा घटाएर ११ बनाइएको हो ।

बागमती प्रदेशका ११ जना मन्त्रीहरु यी हुन् ।

१, शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय
२, जगन्नाथ थपलिया, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३, उद्धव थापा, मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४, गंगा नारायण श्रेष्ठ, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
५, कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
६, युवराज दुलाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७, केशव प्रसाद पोखरेल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८, रामेश्वर श्रेष्ठ,मन्त्री, स्वास्थ्य मन्त्रालय
९, एका लाल श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०, डम्बर तामाङ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११, राजु विष्ट, मन्त्री, वन तथा वातावरण मन्त्रालय


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*