भीमफेदी बस दुर्घटना, घटनास्थलमै ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा थप १ सहित ७ जनाको मृत्युभएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि हिडेकोे ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेत आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएका हो ।
जिल्ला प्रहरी कार्यलय प्रमुख बामदेब गौतमका अनुसार
े ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।
निरन्तरको सिमसिमे पानी चिप्लनका कारण घटना घटेको हुन सक्ने प्रहरीले जनाएको छ । थप विवरण आउन बाकीँ छ । प्रहरी स्थानिय र पालीकाको टोली घटनास्थलमा पुगेर राहत उद्धारको काम चलिरहेको छ । photo by online