वीर अस्पतालका औषधि पसलमा चल्यो डोजर

६ आश्विन २०७९, बिहीबार १५:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ ।

औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ ।

बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो ।

यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना भत्काउने अभियान सुरु गरेको थियो ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*