बकैयामा आगलागीले घर जलेर खरानी, छिमेकीको अनाज समेत जलेर खरानी

६ आश्विन २०७९, बिहीबार १५:१८

बकैया गाँउपालिकामा एकाविहानै घरमा आगलागी हुदाँ एक गरिब परिवारको बिचल्ली भएको छ । आगलागीले घर जलेर छिमेकीको अनाज समेत खरानी भएको छ ।
बकैया पालिका वडा ं५ हर्कटेनी देउडि स्थित मगरटोलमा बिहान अन्दाजी ११ बजे तिर घरमा कोहि नभएको समयमा कुमार थिङको घरमा आगलागी भएको हो । आगलागीबाट कुमार थिङको घर जलेर पुर्ण रुपमा क्षती भएको छ । घर आगलागी बाट छिमेकी सानुकान्छी थिङ अनाज समेत जलेर नष्ट भएको बकैया ५ नं वडा अध्यक्ष लक्ष्मी जिम्वाले बताइन ।
घटना लगत्तै प्रशासन सहित देउडी पुगेकी अध्यक्ष जिम्वाले छिमेकी सानुकान्छी थिङको घरमा अन्नपात राख्ने ठाँउ नभएको कारण छिमेकी कुमार थिङको घरमा आफ्नो बारी बाट उत्पादन भएको अनाज मकै, तोरी, कोदो लगायतका खाद्यान्न सामग्री केही दिनका घरमा राखेको जानकारी आफुले पाएको बताइन । ती सबै अन्नपात जलेर नस्ट भएको स्थानीयहरुको भनाइ छ। आगलागी भएको खबर थाहा पाउँना साथ अस्थायी प्रहरी चौकी गरगरेका प्रहरी इन्चार्ज , स्थानिय जनप्रतिनिधी अमृत थिङ, स्थानीय समजसेवी सुनिल दर्लामी लगायतका ब्यक्ति घटना स्थल पुगेको थियो ।
घटनाको जानकारी पाएपछि बैदेशिक रोजगारको सिलसिलामा कोरीया रहेको वडा बासि श्रीपुरका युवा अमर लामाले नगद १० हजार सहयोग समेत गरेका छन ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*