अन्ठाउन बर्षिय ताराकुमारी लामालाई ह्विल चियर

३० भाद्र २०७९, बिहीबार १५:४३

हेटौँडा, ३० भदौ
लायन्स क्लव अफ मकवानपुर, हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेकोे छ ।
लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा १३ स्थित एक कार्यक्रम आयोजना गरेर असहाय ५८ वर्सिय ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो ।
हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स
कल्व अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक लायन रमेश अग्रवाल,डिस्ट्रीट गर्भनर अमरबहादुर श्रेष्ठ,प्रथम भाइस डिस्ट्रीट गर्भनर डिएन अग्रवाल लगायत लायन्स लिडरहरुको उपस्थिती थियो ।

विगत ५ वर्षदेखी थलिएर रहेको ताराकुमारी लामालाई निजको घरमा पुगेर ह्विल चियर प्रदान गर्ने क्रममा भावविव्हल बन्न पुगेकी थिइन । हालसम्म कसैको यस्तो किसिमको सहयोग र माया नपाएको उहाँको गुनासो थियो ।
स्थानिय तथा लायन्स सरस्वती ब्लोनको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लायन हरीहर खतिवडा गरेका थिए भने तथा कल्बका पुर्व अध्यक्ष प्रविण मैनालीको सक्रियतामा कार्यक्रम गरिएको थियो ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*