सत्ता गठबन्धन बैठक : आज ‘लामो छलफल’ तर सहमति जुटाउन असफल

२६ भाद्र २०७९, आईतवार १४:३६
भोलि फेरि बैठक बस्ने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आइतबारको बैठक पनि निष्कर्षविहीन बनेको छ । उनीहरूले आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन नसकेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।

बैठक भोलि बिहान पुनः बस्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार सोमबार बिहान ८ बजे बालुवाटारमै बैठक बस्नेछ ।

सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने उनले बताए ।

“आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन,” उनले बाह्रखरीसित भने, “भोलि बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्नेछ । आवश्यकताअनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौँ ।”

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*