हातेमालो कल्बकोे अगुवाइमा रक्तदान, ४० पाउन्ड रगत संकलन

२५ भाद्र २०७९, शनिबार १४:४३

रक्तसञ्चार केन्द्र हेटौँडा रगतको कमी हुन थालेपछी बकैयामा आज शनिबार रगत दान कार्य भएको छ । स्थानिय हातेमालो कल्बको आयोजनामा रक्तदान कार्यक्रम गरेर रगत संकलन गरिएको हो ।

बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामीछानेले उद्घाटन गर्नुभएको कार्यक्रममा पालिका अध्यक्ष ,उपाध्यक्ष भक्त बहादुर खत्रि लगायतले रगत दान गर्नुभएको थियोे । नेपाल रेडक्रस सोसाइटी मकवानपुर प्रमुख लक्ष्मण भट्टराइ, बकैया ४ का अध्यक्ष राजन दङ्गाल,५ नं वडा अध्यक्ष लक्ष्मी जिम्वा, रेडक्रस छतिवनका अध्यक्ष भरत सापकोटा लगायत स्थानिय युवाहरुको सहभागीता रगत दान र्कायक्रममा रहेको थियो ।
हतेमालो कल्बका अध्यक्ष बरुण कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा ४० पाउन्ड रगत संकलन गरिएको रक्तसंचार केन्द्र हेटाँैडा प्रमुख टंक दाहालले बताए । रक्त संचार केन्द्रले स्थानिय निकायहरुको समन्वयमा मकवानपुरका बकैया गाँउपालिका ,गढी गाँउपालीका,हेटौडा उहमहानगरका स्थानियलाई निशुल्क रगत दिदैँ आएको छ ।

सामाजिक कार्यमा अघि बढिरहेको न्यू हातेमालो कल्ब केही लामो समय देखी निश्क्रिय रही रहेकोे अबस्थामा कल्बलाई सामाजिक कार्यमा अघि बढिरहेका स्थानिय युवाहरुको सकृयतामा सक्रिय तुल्याएको थियो । कल्बले मन्दिर, ब्यवस्थापन,अलपत्र मानिसकोे उद्धार, दुर्गा पुजा तथा समन्वय, जुरेली खेल मैदान तथा खेलाडी व्ववस्थापन लगायत सामाजीक कायए गर्दै आइरहेको र त्यसैको एक कार्य रक्तदान कार्यक्रम गरिएको कल्बका सचिव किरन पौडेलले बताए ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*