मकवानपुरमा चुनावी सरगर्म, कमल थापा देखी समाजबादीका विरोध खतिवडा सम्म चर्चाको केन्द्रमा,

२२ भाद्र २०७९, बुधबार १५:०२

हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि विभिन्न राजनैतिक दल तथा व्यक्ति हरुले उम्मेदवारी दिने चर्चा चलिरहेको छ । हेभिवट नेता देखी नयाँ पुस्ताका युवाहरु समेत सामाजिक सञ्जालमा चर्को बहस छ । रवि लामिछानेको स्वन्तत्र पार्टी देखी लौरो सम्मका चुनाव चिन्हको कमल थापा देखी समाजबादीका विरोध खतिवडा, नेपाली काङग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना , मुख्य मन्त्री दाबेदार इन्द्रबहादुर बानियाँको चर्चा ठुलो छ । राप्रपा नेपालका नेता,सम्मका केन्द्रिय नेताहरु अहिले एमालेका युवा महेश बर्तौला सँग चुनावी मैदानमा देखिदै छन । सार्वजनिक गरिएका राजनैतिक पार्टीका सम्भावित सिफारिस गरिएका केही नाम हामीले पाठक सामु प्रस्तुत गरेका छौ ।

के छ काङ्ग्रेस मकवानपुरको उम्मेदवारी
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका २वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस हुने क्रम जारी रहेको छ। विभिन्न दलहरुले नाम सिफारिस गर्ने क्रममा रहेपनि कांग्रेस मकवानपुरबाट भने दुवै सभाको निर्वाचनका लागि उम्मेदवारहरुको नाम क्षेत्रीय समितिबाट सिफारिस भइ आएको छ।
बुधबार,बिहीबार र शुक्रबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को (क) र (ख) अन्तर्गत क्षेत्रीय कार्य समिति बैठकले क्षेत्र नम्बर २ (क) र (ख) ले छुट्टाछुटै प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ।

बहिबार बसेको कांग्रेस मकवानपुर क्षेत्र नम्बर–२ ख को बैठकले संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति रञ्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा समानुपातिक सदस्यतर्फ बागमती प्रदेश सदस्य एवम् प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा,उमा दाहालको नाम सिफारिस गरेको छ। प्रजाको नाम पहिलो र दाहालको नाम दोस्रो नम्बरमा सिफारिस गरेको हो। यता बैठकले प्रदेशसभा सदस्यतर्फको उम्मेदवारको रुपमा ४ जनाको नाम सिफारिस गरेको छ । सफारिस गरिएको पहिलो नम्बरमा कांग्रेका प्रभावशालि नेता एव बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको नाम रहेको छ ।त्यसैगरी अन्यमा
कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठक रहेका छन्।बैठकले प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको छ।
प्रदेश सदस्यका लागी समानुपातिकतर्फ जानकी लामा तामाङ र जानुकी लामा सहित १७ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सचिव कृष्ण योञ्जनले जानकारी दिएका छन्। ।
त्यसैगरी उमेदवार सिफारिस गर्ने क्रममा मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरिएको छ।
शुक्रबार क्षेत्र २ (क)सभापति खड्ग गोपालीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर २ प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ जयराम लामिछानेको एक मात्र नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ उदयमोहन श्रेष्ठ, आनन्द कठायत र गोरीमाया लामाको नाम सिफारिस गरिएको छ ।यता प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारको लागि भने ९ जनाको सिफारिस गरिएको छ। क्षेत्र २ क बाट प्रत्यक्ष उम्मेदवारको लागि भीम लामा, यतिराज सापकोटा, ईश्वरनाथ पौडेल, महेन्द्र राउत, योगेन्द्रमान श्रेष्ठ, गोपिराम बल, राज मैनाली, ओमबहादुर बस्नेत र रन्जन कठायतको नाम र प्रदेश समानुपातिकमा महिला र पुरुषतर्फ गरी १८ जनाको नाम सिफारिस गरिएको क्षेत्र (क) का सभापति खड्ग गोपालीले बताएका छन्।
समानुपातिक पुरुषतर्फ खड्ग गोपाली, कृष्णभक्त श्रेष्ठ, भरत लामा, रामचन्द्र थिङ, राजेन्द्र विडारी, पुरुषोत्तम विक, बुद्धिबहादुर सिन्जाली, रमेश रौनियार, विश्वलाल वाइबा, रुपक बानियाँ र मदन जोशीको नाम सिफारिस भएको छ ।त्यस्तै प्रदेश समानुपातिक महिलातर्फ ईश्वरी शाही ठकुरी, राममाया केसी, भवानी प्रधान, निलम देवकोटा, जानकी गिरी, शान्ता विक, समिता सुनार रसाइलीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी कांग्रेसले मकवानपुर क्षेत्र नम्बर १ (क) बाट पनि उम्मेदवारको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष तथा समानुपातिक गरी १८ जना सिफारिस गरेको हो।
कांग्रेस मकवानपुर–१(क) प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ र समानुपातिक तर्फ १५ जनाको नाम सिफारिस गरेको हो । बैठकले प्रत्यक्ष तर्फ दामोदर खनाल, मिठारम दाहाल तथा भुमिनन्द गौतमको नाम सिफारिस गरेको क्षेत्र १ (क) का सभापति शुसान्त श्रेष्ठले बताए।
alt=”” width=”300″ height=”149″ class=”alignnone size-medium wp-image-6886″ />
बैठकले प्रदेशसभा समानुपातिकतर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान मान बहादुर लामा, उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ। बैठकले प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम भने सिफारिस नगरेको बुझिएको छ।

माओवादी मकवानपुरले सिफारिस नामहरु


हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि पार्टी बागमती प्रदेश कमिटिलाई सिफारिस गरेको छ ।
जिल्ला पार्टी कार्यालय हेटौडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दुई निर्वाचन क्षेत्रमा ४ जना र प्रदेश सभा अन्तरगत ४ वटा निर्वाचन क्षेत्रमा १० जनाको नाम प्रदेश कमिटिलाई सिफारिस गरेको हो । बैठकले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंबर १ को लागि प्रत्यक्ष तर्फ संविधान सभा सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेलाई सिफारिस गरेको छ ।

क्षेत्र नंबर २ का लागि पार्टीको पोलिटब्युरो सदस्य समेत रहेकी मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रिय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ । त्यस्तै, बैठकले प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (क) र (ख) का लागि ५ जनाको नाम सिफारिस गरेको छ । १ को (क) मा पार्टी केन्द्रिय सदस्य बिजय गौतम, बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका सचिव भिमबहादुर पाख्रिनको नाम सिफारिस गरेको छ भने १ को (ख) का लागि हेटौंडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस गरेको छ ।

यसैगरि बैठकले प्रदेश सभा तर्फ नै क्षेत्र नम्बर २ को (क) र (ख) मा ५ जनाको नाम सिफारिस गरेको छ । २ को (क) को लागि पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान, विशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे र बागमती प्रदेश कमिटि सदस्य लबशेर बिष्टको नाम सिफारिस गरेको छ । क्षेत्र नंबर २ को (ख) का लागि प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, पार्टी मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरिएको पार्टी जिल्ला समन्वय समिति सचिब भिमबहादुर पाख्रिनले बताए ।

बैठकले समानुपातिक तर्फको उम्मेृद्वारहरुको पनि सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वारका लागि ठुलीमाया मोक्तान, प्रमिला लामा पुलामी, रञ्जना श्रेष्ठ, सन्तोषकुमार लामा, चन्द्रबहादुर लामा, फुलमाया सिन्तान, रामहरि सुवेदी, लाल सिं गुरुङको नाम सिफारिस गरेको छ ।

प्रदेश सभाको समानुपातिक उम्मेद्वारका लागि जीवन पहरी, बच्चु खड्का गोले, बिरबहादुर राई, लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, कृष्ण प्रसाद सुवेदी, पुनम भट्टराई, भगीरथ नेपाल, लिला कुमार घलान, शेख जाहगिर, अप्सरा लोप्चन, ज्योति रायमाझी, बिर्जु पदम लामा, रञ्जित राना, आनन्द घलान, खुसीलाल चेपाङ, ईश्वरी सुनुवार, दिल बहादुर स्याङ्बो, पूर्णिमा दोङ, बिश्वराज थिङलाई सिफारिस गरेको छ ।

नेकपा एमाले
source:khabarbrek.com
हेटौँडा । नेकपा एमाले मकवानपुरले यो पटक मकवानपुरको दुइवटा प्रतिनिधिसभा क्षेत्रमा ८ जनाको नाम सिफारिस गरेको छ । सिफासिरस गरिएको मध्ये यो पटक ५ जना युवालाई प्रतिनिधित्व गराईएको छ ।
एमाले यो पटक सिफारिस गरिएका मध्ये ५ जना नयाँ अनुहारलाई विश्वास गरेको छ । यो पटक क्षेत्र नंबर १ मा कृष्णप्रसाद दाहाल, रामेश्वर रानाबाहेक अन्य तीनजना पहिलो पटक प्रतिनिभिसभामा सिफारिसमा परेका नेताहरु हुन् । पहिलो पटक सिफारिसमा परेकाहरुमा मदन दाहाल, नरहरी महत तथा रमिला सापकोटा छन् । उमेरका हिसावमा पनि तीनै जना युवा हुन् ।
यसैगरी क्षेत्र नंबर २ तर्फपनि एमालेलेबाट सिफारिस भएका ३ जना मध्ये दुईजना नयाँ अनुहार हुन् । सिफासिर भएका शुवासचन्द्र ठकुरी बाहेक महेश बर्तोला र बुद्धरन्त मानन्धर पहिलो पटक पटक प्रतिनिधिसभामा सिफारिस भएका नेता हुन् ।
यो पटक केन्द्रीय तहबाटै कम्तिमा ४० प्रतिशत युवाको सहभागिता हुने चर्चा चलेको अवस्थामा मकवानपुरबाट भने ६० प्रतिशत भन्दा धेरै युवाको सिफारिस भएको हो ।
राप्रपाबाट सिफारीस


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*