स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप सेमिफाइनलमा विजय युथ क्लब

२६ जेष्ठ २०७९, बिहीबार १४:१०

हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विजय युथ क्लब प्रवेश गरेको छ ।

हेटौँडाको पिप्ले क्याम्पा रंगशालामा जारी प्रतियोगितामा विजय युथले नव जनजागृती क्लब सिमरा लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।

प्रतियोगितामा विजय युथलाई जित दिलाउन अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले एक–एक गोल गरेका हुन। ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा विजय युथले लगातार तीन गोल गर्दै विजय हात पार्यो ।

खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बिजय युथ क्लवका लागि एक गोल गरेका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे ।

यसअघिको खेलमा नव जनजागृतीले बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजय युथसंग भेट पक्का गरेको थियो । आयोजक टोली विजय युथले भने सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
फाइनल प्रवेशको लागि विजय युथले विभागिय टोली नेपाल पुलिस क्बलसंग भिड्नेछ ।

त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले रोयर इन्फील्ड बुलेट मोटरसाइलक प्राप्त गर्नेछन । प्रतियोगिताको अन्तिम खेल जेठ ३० गते हुनेछ


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*