लिभरपुललाई हराउँदै रियल च्याम्पियन

१५ जेष्ठ २०७९, आईतवार १६:०७

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि जितेको छ ।

फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।

स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।

खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे ।

Image

त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो ।

यस्तै लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे ।

यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो ।

लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ ।

यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले रियलका लागि एक र एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका थिए ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*