गणतन्त्र र यसका उपलव्धी जोगाउन गठबन्धन : छिन्तु

हेटौंडा । गठबन्धन गर्नुको मुख्य कारण माओवादी जनयुद्ध , विभिन्न राजनैतिक आन्दोलनहरुबाट हाासिल गरेको गणतन्त्र र यसका उपलव्धी जोगाउनको लागी गरिएको छिन्तुले बताउनु भएको छ ।
बाग्मती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता चलखेल गर्न नभई प्राप्त उप्लब्धी जोगाउन गरिहेको बताउ भएको हो । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका नेता छिन्तुले शनिबार बागमती प्रदेश सभाको बैठकमा बोदै प्रदेश सभा सदस्य पुलामीले प्रदेश सभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको अनाबस्यक टिका टिप्पणी एमालेले गरेको भन्दै हिजो एमालेलाई त्यो स्थानमा पुर्याउने पनि माओवादी नै रहेको बताउनुभयो ।
गठबन्धन गरेर ,गठबन्धनले धेरै सिट जित्यो । किन जित्या भनेर यहाँ प्रश्नहरु गरिरहेको हामीले सुनिराखेका छौ । म यहाँहरु संग आग्रह गर्न चाहान्छु । गठबन्धन गर्नुको मुख्य कारण भनेको सत्ता हत्याउनु नरहेको भन्दै नआत्तिन र नमात्तिन आग्रह गर्न चाहान्छु,यो सुरुवात मात्रै हो । उहाँको भनाइ थियो ।
। बजेट विधेयक बारे बोल्दै उहाँले बजेटलाई कृषि,स्वास्थ्य,शिक्षालाई प्राथमिकतामा राख्दै समाजवाद उन्मुख अर्थतन्त्र हुनुपर्ने बताए । आयात निर्यात को समुचित प्रयोगमा पनि जोड दिनुभयो ।