नेपाल ट्वान्टी–२० लिग : फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान

१४ जेष्ठ २०७९, शनिबार १४:५९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो असोजमा गर्ने भनिएको नेपाल ट्वान्टी–२० क्रिकेट लिगका निम्ति फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान गरेको छ ।

आज बिहान ९ बजेदेखि टेन्डर खुला भएको क्यानले जनाएको छ । इच्छुकहरूले यही जेठ २७ गते बेलुका ५ बजेसम्म टेन्डर हाल्न पाउनेछन् ।

Agani Group

क्यानले जारी गरेको सूचनामा टेन्डर प्रक्रिया जुनसुकै कारण देखाएर संशोधन तथा खारेज गर्न पाउने अधिकार आफूमा निहित रहेको जनाएको छ । क्यानले रणनीतिक र व्यापारिक साझेदारीका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सलाई चुनिसकेको छ ।

प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म हुनेछ । त्यसका लागि क्यानले जेठ १० को बोर्ड बैठकबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ६ टोलीको नाम टुंगो लगाइसकेको छ । जसअनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा, फार वेस्टर्नले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*