बकैयाका बिक्रम कार्की बने नया हिरो

१० जेष्ठ २०७९, मंगलवार १७:२१
सगरमाथा शिखरबाट कार्कीको आवाज

नामै काफी माउन्ट एभरेस्ट, संसार माथीको शिर , शेर्पाहरुको त रैथाने थलो, अरुको त सपना, बाचेँर आउने भन्दा गुमाउनेको नामको पन्ना लामो छ । यस्तोमा साविक मकवानपुर साविक छतिवनका विक्रमले आफ्रनो जन्मभुमिको नाम सगैँ लिएर त्यो चुचुरोमा ना र नेपालको झण्डा फहराएको छन । विक्रम कार्की पेशाले हाल पर्यटन व्यवसायी यो भन्दा दुखद कथा त कति छ, छ उनको यो सफलतामा उनि मात्रै खुसी छैन सिङ्गो छतिवन आज आफुलाई सगरमाथामो चुचुरो आछु आछू महसुस गरिरहेको छ ।

२०५० साल असार २६ गते रामबहादुर कार्की तथा इन्द्रकला कार्कीको पहिलो सन्तानको रुपमा जन्मेका उनले सुरुवाती पढाइ काठमाण्डौमा गरेपनि स्कुले शिक्षा हाल बकैया गाँउपालिका वडा नं ४ छतिवन स्थित महेन्द्र माध्यमिक विद्यालयबाट प्राप्त गरेका हुन । स्कुल पढ्दा देखि नै पौडि खेल्न डाँडा पाखा जान मनपराउने कार्कीले २०६१ सालमा एसएलसी पास गरेका हुन । नेपाली सेनामा बुबा काकाहरुले जिवननै अर्पण गरेका परिवार उनलाई त्यतै अधिकृत क्याडेटमा लडोस जावोस भन्थे , तर पनि गाँउ घरकै साथीभाइ सँग हुरुक्कै उने बाल्यकालको साथी भनेर ८८४८ मिटरको उच्च अल्टिच्युडको अक्सिजनको सहारा सगँै अमोद बस्नेत र मेरो प्यारो छतिवन भनेर गर्वले नाम लिएका छन । जिवन रक्स बनाउनु पर्छ भन्ने उनले एसएलसि लगत्तै काठमाण्डौ लागे, तत्त पश्चात उनले स्नातक सम्मको अध्ययन ब्याचलर इन ट’रिजम एण्ड हस्पीटालिटीमा गरे । पढाइ सगैँ व्यवसायमा होम्मीएका विक्रमले सन २०११ मा कलेज पढ्ने पाँच साथीभाइ मिलेर ट्रेकिङ कम्पनीको सुरुवात गरे र त्यसको नाम थियो एपेक्स हिमालय ट्रेक्स एण्ड एक्सपेडिसन प्राली । यो जिवनको र्टिर्नङ प्वाइट थियो उनको लागी । त्यसपश्चात उनि हिमालयको सेक्टरको भुत सवार भयो । उनले उनको कम्पनीको सम्र्पकमा आउने विदेशी पर्यटकलाई घुमाउने खुवाउने देखी भिसा सहजिकरण गर्ने काम सम्म गर्न थाले यसले उनलाई व्यवसायिक रुपमा बनी बलियो बनाउदैँ लग्यो । प्रत्येक दिन विदा नहुने सम्म अवस्थामा पुगेका उनको स्वदेशी भन्दा विदेशी साथी धेरै हुन थाले । हुदाँ दशैमा समेत गाउँ आउँदा विदेशी पर्यटक समेत ल्याएर घुमाउनै पर्ने समेत भइसकेका थिए ।
माउन्टेरेनिङ, रक क्लाइडिङ हाइ माउन्टेन रेस्क्यु, एडभान्स क्यानोइनिङ, प्राथमिक उपचार, स्कि कोर्स लगायतका तालिम लिएका उनले साथमा आफुलाई दक्ष बनाउदैँ उनले यो बाहेकका ६ हजार माथी उचाइ भएको विभिन्न देशका ६ वटा हिमालको सफल आरोहण समेत गरिसकेका छन । अमा दमालम अर्थात संसारकै प्राविधिक कठीन मानिने ६८१२ अग्लो हिमाल, चुलू फार इष्ट ६०५९, इम्जात्से ६१६५, लुभुजे ६०९०, चुलु इस्ट ६५८४, मेरा पिक ६४७० लगायतका हिमालय उनले थुपै्रपटक सफल रुपमा अवतरण गरेका छन । यि हिमाल उनले गाइड तथा आफ्नो सगरमाथा चड्ने भुतले आरोहरण गराएको लेखक सगँ बताए । सामन्य परिवारमा जन्मिएर हिमालको चुचुरामा दौड्ने कहिले , कहिले साइकिल रक क्लाम्विङमा गर्ने उनले साइक्लिङको एडभान्स कोर्ष पनि गरेका छन ।

कार्की २१ मे २०२२ बिहान ११स्२५मा सगरमाथाको चुचुरोको सफलता हात पारेका हुन । यो आलेख तयार पार्दा समेत साथीहरुको पर्खाइमा बेशक्याम्पमा आराम गरिएको कार्कीले म्यासेजमा भनेका छन ।
११ अप्रिल देखि मे १४ सम्म तयारी गरि काठमाण्डौको ठमेल बाट यात्रा सुरु गरेका कार्की सहितको टोली १६ मे मा बेशक्याम्प पुगेको थियो । यात्राको क्रममा अर्का आरोही कार्कीको सययात्री दिपक महतको क्याम्प २ बाट क्याम्प ३ मा पुग्ने क्रममा हिउमा लडेर मृत्यु भएपश्चात यात्रामा सन्नाटा छाएको कार्कीले बताए । सगँै आरोही वितेपश्चात झन चुनौती थपिएको बताउदै कार्कीले जिवन मरणको अवस्थामा पुगेको समेत बताए , सो पश्चात यात्रा त बढाउनु नै थियो । १७ मे मा साथी महतको व्यवस्थापन गरेर १८ मे मा क्याम्पमा रेस्ट गर्दै १९ मे मा क्याम्प ३ मा पुगेको उनले बताए । २० मे क्याम्प ४ राती १० बजेको यात्राले विहान ११–२५को समयमा यि सवै चुनौतिको बावजुत सर्वोच्च समिट मा पाइला टेक्न पुग्दा संसार जितेको महसुस भएको उनले बताए । संसार विर्सेको पाए मैले । त्यसपछि मेरो देश, साथी ,यात्राको अविचलित पाइला ,मेरा आमा अनि मेरो सपना देख्न नपाउनु हुने मेरो बाबा ,परिवार दाजुभाई सम्झिए । यो मेरो मात्र होइन धेरै असफलहरुको सफलता सम्झे , धनको सफलता होइन, उर्वरताको सफलता । केहि समय माथी विताएर फर्कदै गरेका कार्की २२ मे क्याम्प ३, २३ मे बेशक्याम्प र २४ मे आाज सम्र्पकका आएका बेशक्याम्प नाम्चेमा आएर आराम गररिहेका छन । कार्की अझै पनि फर्किसकेका छैनन । सम्पर्कमा आउँदा उनि बेशक्याम्पमा नै छन । उनले आज फेसबुक भरी पोष्ट गरेका सफलताको फोटोहरु हजारौँ मित्रहरुले बधाइ दिइ सेयर गरिरहेका छन । बधाइ छ हाम्रो पनि । हिमालय वारियर


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*