काठमाडौंमा ८,०८३ मतगणना, मेयरमा १,४४९ मतान्तरले बालेनको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रतालाई निरन्तरता दिएका छन् । महानगरको ८०८३ मत गणना हुँदा बालेनले ३०९५ मत प्राप्त गरेका छन् ।
दोस्रो नम्बरमा एमालेका उमेदवार केशव स्थापित रहेका छन् । उनले १६४६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १४६४ मत प्राप्त गरेकी छिन् । राप्रपा नेपालका उमेदवार मदनदास श्रेष्ठले ३१२ मत प्राप्त गरेका छन् ।