कृष्ण दाहालको वडामा काङग्रेसको जित । दाहालको जनमत खस्कियो ।

१ जेष्ठ २०७९, आईतवार १६:३७


मकवानपुरको बकैया गाँउपालिकाको साविक ठिगंन रहेको वडा नं १२ को मतगणणा सगैँ नेपालि काङग्रेसले जित प्राप्त गरेको छ । सार्वजनिक लेखा समिती संसदको अर्थ समिती सभापति तथा पुर्वि क्षेत्रको हेभिवेट नेताको रुपमा कहलिएका माननिय सांसद कृष्णप्रसाद दाहालको केन्द्र तथा घर रहेको वडा नं १२ मा नेपाली काङगे्रसले जितेकोहो । यसले नेता दाहालको वडामा नै जनमत खस्किएको विश्लेसन समेत सुरु भएको छ । यसअघि वडामा एमालेका रामबहादुर मोक्तानले जितेका थिए ।
पालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काङग्रेसका उमेदवार धर्मप्रसाद लामिछानेको अग्रता छ ।
यस वडामा एमालेका उमदेवार सरला बोलखेको ५०१ प्राप्त गरेकि छिन भने काङगे्रस उम्मेदवार लामिछानेको ५२९ ल्याएका छन् । बोलखेको भन्दा लामिछानेको २८ मतले मात्रै यस वडामा अगाडि छन् । मतगणणा जारी छ । उपाध्यक्षमा एमालेको लालबहादुर स्याङंतानले लिड गरेका छन भने माओवादी केन्द्रका उपाध्यक्ष अर्थात गठबन्धनका उम्मेदवार भक्तबहादुर खत्रिले ४३२ प्राप्त गरेका छन ।
वडा अध्यक्षमा एमालेले ५१० ल्याएको थियो भने काङग्रेसले ५१९ ल्याएर वडाको जित हासिल गरेको छ । पालिकाको १२ वडा मध्ये
बकैयाको १ र २ मा माओवादी केन्द्रको विजय भएको छ भने ११ र १२ मा का्रङग्रेसको विजय घोषणा गरिएको छ । पालिकामा गठबन्धनको अध्यक्ष उपाध्यक्षले लिड गरिरहेका छन ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*