एमालेका ६ प्रश्न–धाँधलीविरुद्ध अदालत जाने अधिकार किन रोकेको ?

नेकपा एमालेले निर्वाचन आयोगलाई निर्वाचन आचारसंहितामाथि प्रश्न उठाउँदै पुनर्विचार गर्न आग्रह गरेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोग पुगेर ६ वटा प्रश्न बुझाएको छ ।
“मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचित अधिकृतले मत सदर वा बदर गरेको निर्णयमा विवाद गर्ने छैन भनिएको व्यवस्थाले निर्वाचनमा हुनसक्ने धाँधलीविरुद्धमा अदालतमार्फत् प्राप्त हुनसक्ने अधिकारमाथि अंकुश लगाउन खोजेको देखिन्छ,” एमालेले भनेको छ ।
त्यसैगरी निर्वाचनअघि नै स्थानीय तह खाली गराउने कुरा संविधानविपरीत हुने धारणा पनि एमालेको छ ।