इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियालाई सातौँ विश्वकपको उपाधि

२० चैत्र २०७८, आईतवार १४:२१

इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमानी सातौँपटक महिला विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४३.४ ओभरमा मात्र २ सय ८५ रनमा समेटिएको हो ।

नाट स्काइभरले नटआउट रहँदै १ सय ४८ रन बनाए पनि टोलीलाई जीतसम्म पुर्याउन सकिनन् । उनले १२१ बलमा १५ चौका र १ छक्का हिकाए पनि अन्यले उनलाई साथ दिन सकेनन् । ट्यामी बियोमाउन्टले २५ तथा कप्तान हेदर नाइटले २६ रन बनाइन् । अस्ट्रेलियाका लागि एलाना किंग र जेस जोनासनले ३–३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले एलिसा हेलीको १७० रनको मद्दतले ५ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको थियो । उनलाई रेचल हेन्सले ६८ तथा बेथ मुनीले ६२ रन बनाउँदै राम्रो साथ दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*