उपाधि होडमा रहेका सिटी र लिभरपुल विजयी

२० चैत्र २०७८, आईतवार १३:४७

म्यानचेस्टर सिटी र लिभरपुलले शनिबार राति आ–आफ्नो खेल जित्दै इङ्लिस प्रिमियर लिगको उपाधिमा दाबेदारी कायमै राखेका छन् । लिभरपुलले घरेलु मैदानमा वाटफोर्डलाई २–० ले हराएको छ । लिभरपुलले डिएगो जोटाको गोलबाट २२औं मिनेटमा अग्रता लिएको थियो । खेल सकिन एक मिनेट बाँकी हुँदा फाबिन्होले पेनाल्टीमा अर्को गोल गरेपछि लिभरपुलले तीन अंक पक्का गरेको हो ।

जितसँगै ३० खेलबाट ७२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । तर, लिभरपुलको अग्रता लामो समय टिकेन । लत्तगै भएको अर्को खेलमा सिटीले बर्नलीलाई २–० ले हराएपछि लिभरपुल पुनः दोस्रो स्थानमा झरेको हो ।

NMB Bank

Dabur nepal

Agani Group

बर्नली भ्रमणमा निस्केको सिटीले केभिन डी ब्रुयनाको गोलबाट पाँचौं मिनेटमै अग्रता लिएको थियो । इल्के गुन्डोगनले २५औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए । त्यही दुई गोल सिटीको जितमा निर्णायक बन्यो । सिटीको दुबै गोलमा रहिम स्टर्लिङले अवसर सिर्जना गरेका थिए ।

जितसँगै सिटीले ३० खेलबाट ७३ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । लिगमा सिटीले अब १० अप्रिलमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । त्यही खेलले लिगको उपाधि होड टुंगो लगाउने सम्भावना छ ।

प्रिमियर लिगको अर्को खेलमा तेस्रो स्थानको चेल्सी भने ब्रेन्टफोर्डसँग अप्रत्यासित रुपमा ४–१ ले पराजित भएको छ । ब्रेन्टफोर्ड भने १४औं स्थानमा छ । ब्राइटन र नर्विच सिटीले गोलरहित बराबरी खेले । ब्राइटन १३औं स्थानमा छ भने नर्विच पुछारमा छ । त्यस्तै ११औं स्थानको साउथह्याम्पटन र १६औं स्थानको लिड्स युनाइटेडले पनि १–१ को बराबरी खेले । दशौं स्थानको एष्टन भिल्ला भने सातौं स्थानको उल्भरह्याम्पटनसँग २–१ पराजित भयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*