दिल्लीमाथि नवप्रवेशी गुजरातको जित

शुबमन गिलको ८४ रन तथा लोकी फर्गुसनको चार विकेटप्रेरित गुजरात टाइटन्सले शनिबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।
पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।
गुजरातको यो लागातार दोस्रो जित हो भने दिल्लीको पहिलो हार हो । गुजरातले यसअघि पहिलो खेलमा अर्को नयाँ टिम लखनउलाई पाँच विकेटले हराएको थियो । दिल्लीले भने मुम्बईलाई ४ विकेटले हराएको थियो ।
गुजरातका गिलले ४६ बलमा ६ चौका र ४ छक्कासहित ८४ रन बनाएका थिए । कप्तान हार्दिक पाण्डेयले ३१, डेबिड मिल्नरले २०, राहुल टेवाटियाले १४ र विजय शंकरले १३ रन बनाए ।
दिल्लीका मुस्तफिजुर रहमानले तीन र खालील अहमदले दुई विकेट लिए । कुलदीप यादवले एक विकेट लिए ।
१७२ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि कप्तान रिशभ पन्तले ४३, ललिद यादवले २५ र रोभमन पावेलले २० तथा मन्दीप सिंहले १८ र कुलदीप यादवले अविजित १४ रन जोडे ।
गुजरातका फर्गुसनले चार ओभरमा २८ रन दिएर चार विकेट लिए । मोहम्मद शामीले दुई विकेट लिए । हार्दिक पाण्डेय र रशिद खानको नाममा दुई दुई विकेट रह्यो ।