०.९३ प्रतिशतले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब पनि पुगेन

२० चैत्र २०७८, आईतवार १३:३९

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से करिब एक प्रतिशतले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से २३.९५ अंक (०.९३ प्रतिशत) गिरावट भएर २५४४.३० अंकमा बन्द भएको छ ।

गएको बिहीबारदेखि मंगलदबारसम्म लगातार चार कारोबार दिन घटेको नेप्से बुधबार भने ४०.६८ अंकले बढेको थियो । चार दिन घटेर पाँचौँ दिन बढेको नेप्से एक दिन पनि टिक्न सकेन ।

नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा गिरावट भएको छ । व्यापार उपसूचक भने ०.७५ प्रतिशतले वृद्धि भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । मंगलबार दुई अर्ब पनि नपुगेको कारोबार रकम बुधबार दुई अर्ब २५ करोड पुगेको थियो । तर, आज बजारमा कारोबार रकम पुनः दुई अर्बबाट झरेर एक अर्ब ८९ करोडमा सीमित भएको छ ।

आज बजारमा इमर्जिङ नेपालको सर्वाधिक नो करोडमाथिको कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्सको करिब नौ करोड र नागरिक लगानी कोषको सात करोडभन्दा माथिको कारोबार भएको छ ।

दिनभर बजारमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । १८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा दुई कम्पनीको स्थिर रह्यो ।

आज बजारमा कारोबार भएकामध्ये इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । युनाइटेड इर्दी मार्दी एन्ड आरबी कम्पनीको ७.९० प्रतिशत र बोटलर्स नेपाल तराईको सेयर मूल्य ५.०३ प्रतिशतले बढेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७९ प्रतिशतले गिरावट हुँदा युनाइटेड मोदी हाइड्रोपावरको ४.५३ प्रतिशत, युनियन हाइड्रोपावरको ४.३९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.३६ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२२ प्रतिशतले गिरावट भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*