कम्पनीमा जानुपर्ने नीति बनाएर सरकारले ब्यवसायीलाई दुख दिए: नेता बानियाँ

७ चैत्र २०७७, शनिबार १७:५६

७ चैत्र,हेटौंडा ।

यातायात व्यवसायीलाई कम्पनीमा जानुपर्ने नीति बनाएर सरकारले  दुख दिएकोे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बताउनुभएको छ ।

यातायात व्यवसायीसँग करको नाममा खटाएर विभिन्न शीर्षकमा महिना महिनामा कर उठाउनु भन्दा एकमुस्ट ५ बर्षका लागि कर लिने व्यवस्था गरिनुपर्ने उनले बताएका छन । शनिबार भएको पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. र नारायणी संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उक्त नीति गलत भएको भन्दै चाँडै यातायात व्यवसायी कम्पनीमा दर्ता हुनुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य हुने बताए ।

तेस्रो बार्षिक सभालाई सम्बोधन गर्दै नेता बानियाँले यातायात व्यवसायीसँग विभिन्न शीर्षकमा महिना–महिना दिनमा कर लिनु भन्दा वार्षिक कर लिनुपर्ने बताएका छन। करको निति तय गर्दा देशलाई राजश्व पनि एकपटक उठ्ने र उक्त राजश्व खर्च गर्न पनि सजिलो हुने गरी व्यवस्था गर्न सरकारमा आए आफुले त्यो किसिमको व्यवस्था गर्ने बताएका हुन। “ओली नेतृत्वको कमाउनिष्ट सरकारले कोहीपनि व्यवसायी वा जनताको कुरा नबुझने र कुरा नबुझ्ने यस सरकारबाट लाभ हासिल होला भनेर कसरी विश्वास गर्ने“–नेता बानियाँले भने।

सभामा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेससभा सदस्य मुनु सिग्देलल लगायतले यातायात व्यवसायीले भोग्दै आएको पीडाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको धारणा राख्दै राज्यले यातायात व्यवसायीको मुद्धामा ध्यान दिन जरुरी रहेको बताएका थिए । सभाको संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । फोटो स्रोत– प्रस्ट खवर


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*