ऐतिहासिक गढीमा बाग्मतीका प्रत्रकारहरुको भेला

५ चैत्र २०७७, बिहीबार १२:२१

मकवानपुरको ऐतिहासिक गढीमा बाग्मतीका प्रत्रकारहरु भेला भएका छन । आन्तरिक मामिला तथा कानून मन्त्रालय बाग्मती प्रदेशले आयोजना गरेको पत्रकारीता तालिममा सहभागी हुन पत्रकारहरु गढीमा भेला भएका हुन ।
ऐतिहासिक महत्वको सम्पदाको रुपमा रहेको गढीमा आजबाट पत्रकारीता तालिम सुरु भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय बाग्मती प्रदेशको आयोजनामा ५ दिने मल्टिमिडीया तथा अनलाइन पत्रकारीता तालिम सुरु भएको हो ।
बाग्मती प्रदेशका २० जना प्रत्रकारहरुको सहभागिता रहेको तालिमको बाग्मती प्रदेशका प्रमुख सचिव मानबहादुर विकले गर्नुभएको हो ।
सञ्चार रजिस्टारको कार्यलय हेटौडाको समन्वयमा भइरहेको तालिममा आन्तरिक मामिला मन्त्रालयका प्रमुख सचिव मदन भुजेल, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश अध्यक्ष प्रताप विष्ट, सञ्चार रजिस्टार कार्यलय प्रमुख रेवती सापकोटा लगायतले तालिमले वाग्मतीका प्रत्रकारहरुको क्षमता अभिबृद्धि तथा प्राबिधिक ज्ञान समेत प्रदान गरीने बताउनु भयो ।
प्रदेशको राजधानि हेटौँडा बाट १५ किलोमिटर उत्तरपुर्वको ऐतिहासिक गढीमा ९ गतेसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक उमेश श्रेष्ठ तथा प्रबेश सुवेदीले सहजिकरण गर्नु हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*