बकैया कप फुटबल प्रतियोगिता चैत्र १३ गते देखी सञ्चालन हुने

२१ फाल्गुन २०७७, शुक्रबार १७:१६
तेस्रो बकैया कप –२०७७

 

कैया कप फुटबल प्रतियोगिता –२०७७ चैत्र १३ गते देखी सञ्चालन हुने भएको छ
खेलकुद समन्वय समिती बकैया गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितामा बकैयाका १२ वडाका १२ टिम सहभागी हुनेछन । १ लाख रुपैया धनराशिको बकैया कप फुटबल प्रतियोगीताको उपविजेताले ५० हजार तथा तृतिय हुने वडाकोे टिमले नगद २५ हजार सहित शिल्ड र मेडलबाट सम्मानित हुनेछन । बकैयाको प्रमुख आकर्षणकोे रुपमा रहेको बकैया कप फुटवलको यो तेस्रो संस्करण हो । चैत्र १३ देखि २१ गते सम्म संञ्चालन हुने प्रतियोगितामा २० हजार भन्दा बढी बकैयाबासी तथा आसपासका दर्शकले मनोरञ्जन लिने अपेक्षा गरिएको छ । खेलकुद समिती अध्यक्ष प्रकाश वाइवाले प्रतियोगितामा कुनै कसर वाकीँ नराखि भव्य–सभ्य गरिने बताउनु भयो । बकैया ४ जुरेली खेल मैदानमा हुने प्रतियोगितामा पन्ध्र लाख खर्च लाग्ने अनुमान गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*