मेयर कप फुटबल प्रतियाेगिता आजबाट

१४ फाल्गुन २०७७, शुक्रबार २१:१७

हेटाैँडामा आजबाट मेयर कप शुरु भएकाे छ ।

हेटाैँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयाेजनामा  भएकाे मेयर कप २०७७ काे बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले गर्नुभएकाे छ ।

उपमहानगरका मेयर हरि बहादुर महतकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा,  उपमहानगरका १९ वटा वार्ड अध्यक्षहरु एसएसपी मिरा चाैधरी उपमहानगरका कार्यकारी अधिकृत नमराज घिमिरे लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले स्वागत मन्तब्य राख्नुभएकाे उद्घाटन कार्यक्रममा मार्च पास गरिएकाे थियाे ।

मुख्यमन्त्री पाैडेलले निर्णायकलाई फुटबल हस्तान्तरण गरेर मेयर कपकाे शुरुवात गर्नुभएकाे थियाे । उद्घाटन खेल वडा नम्बर १ र ११ बीच हुने आयाेजकले जनाएकाे छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*