मन्त्री भट्टद्वारा मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास

१४ फाल्गुन २०७७, शुक्रबार २१:०९

हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रको शुक्रबार एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका छन् । सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो ।

मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो । मयूरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालयको स्थापना गरिएको छ ।

औद्योगिक क्षेत्रको परिसरमा ६२ ओटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको सो प्रत्येक प्लटमा क्रमशः ७ देखि १४ रोपनीसम्मको जग्गालाई विभाजन गरिएको छ ।

उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) अनुसारको पूर्वाधार निर्माणका लागि करीब ७ अर्ब २ करोड ३४ लाख रकम सरकारको लगानी हुने भएको छ ।

मयूरधाप औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने भएको बताइएको छ ।

सङ्घीय सरकारद्वारा हालै सरकारी जग्गा यस औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र सो जग्गाको चारैतर्फ कम्पाउन्डले घेरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रहेका मन्त्री भट्टले देश विकास र सम्बृद्धिको बाटोमा लागेको बताए । उनले मकवानपुर अब औद्योगिक क्षेत्रमको रुपमा चिनिने बताए ।

कार्यक्रममा विशेष अतिथिमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमनी पौडेल,संविधान सभा सदस्य अनन्त पौडेल,जिसस प्रमुख रघुनाथ खुलाल,हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत लगायतको सहभागिता थियो ।कार्यक्रमको सभाअध्यक्षता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत रहेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*