उत्तरी मकवानपुरमा थाहा गोल्डकप सुरु

२६ पुष २०७७, आईतवार २०:५८

 

२६ पौष, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा ऋषेश्वर ११ क्लवको आयोजनामा आइतबारबाट दोस्रो थाहा गोल्डकप शुरु भएको छ ।
थाहा नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको थाहा गोल्ड कप प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका उपप्रमुख खड्ग गोपालीले गरेका हुन्। खेलकुदको विकास गर्न नगरपालिकाले सधैँ साथ र सहयोग गर्ने उपप्रमुख गोपालीले बताए । थाहानगरमा खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्ने, थाहानगरका उत्कृष्ट फुटबल खेलाडीहरुको पहिचान गर्ने, स्थानीय दर्शकहरुलाइ खेलको माध्यमबाट स्वस्थ मनोरञ्जन प्रदान गर्ने, खेलाडीहरुमा विकास, अनुशासन र गतिशीलताको भावना वृद्धि गने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सुमन विष्टले जानकारी दिए ।
मकवानपुरको इन्द्रायणी चौरमा भएको पहिलो खेलमा चित्लाङले सोछान्द्र भैरवलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस्तै दिनको दोस्रो खेलमा एफसी डाडाबासले शिखर क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ३२ टिमले सहभागीता जनाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*