मकवानपुरको मनहरीमा अध्यक्ष कप शनिबारबाट सुरु

२६ मंसिर २०७७, शुक्रबार १०:२१

 

२६ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा हुन लागेको अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

मनहरीमा विगत तीन बर्षदेखि मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै आएको छ । बिहीबार एक कार्यक्रमकाबीच खेल तालिका सार्वजनिक गरिएको छ । यही २७ गते शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ७ नम्बर वडा ६ नम्बर वडाको बीचमा हुनेछ ।

प्रतियोगितामा मनहरी गाउँपालिकाका ९ वटा वडाको सहभागिता रहेको छ । गाउँपालिकामा फुटबल खेलको बिकास र गाउँपालिका स्तरको खेलाडी छनोट गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना हुँदै आएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी गाउँपालिका स्तरको टोली तयार गरिने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।
मनहरी–७ स्थित प्रस्ताविक मदन भण्डारी क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई नगद सहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट हुने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*