राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने

२६ मंसिर २०७७, शुक्रबार १०:१३

 

२६ मंसिर, हेटौंडा । राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने भएका छन् ।

हिजो सातदोबाटोमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गर्दै मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो । लामो समयदेखि तलब बढ्न नसक्दा खेलाडीहरु असन्तुष्ट थिए । राष्ट्रिय पुरुष टिमका खेलाडीले यसअघि मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।
एन्फाभित्र खेलाडीको तलब बढाउने पर्ने माग पदाधिकारीलेनै राख्दै आएका थिए । एन्फा कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।राष्ट्रिय पुरुष टिमका सदस्यको तीन हजार रुपैयाँ तलब बढ्दा महिला खेलाडीको ११ हजार बढेर १८ हजार पुगेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*