च्याम्पियन्स लिगमा रियल मड्रिड साख्तरसँग २–० ले पराजित

१७ मंसिर २०७७, बुधबार ०९:२१

 

१७ मंसिर, हेटौंडा । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युक्रेनी क्लबसंग २–० ले पराजित भएको छ ।

समूह बी मा रियल दोस्रो पटक साख्तरसँग पराजित भएको हो । यसअघि घरेलु मैदानमै रियल साख्तरसंग ३–२ ले पराजित भएको थियो ।

साख्तरले घरेलु मेदानमा रियलमाथि २–० को शानदार जित हासिल गर्दै समूह बी बाट नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । हारपछि रियललाई भने कठिन भएको छ । घरेलु मैदानमा साख्तरले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
डेन्टिन्होले ५७औं र मानोर सोलोमनले ८२औं मिनेटमा गोल गरेका थिए ।

जितपछि साख्तर ५ खेलबाट ७ अंक जोड्दै समह्यू बी को शीर्ष स्थानमा उक्लेको छ । समान अंङ्क भएपनि हेड टु हेडमा रियल पछि रहँदै तेस्रो स्थानमा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*