कोरोना विरुद्धको खोप अन्तिम तयारीमा पुगेको चीनको दाबी

४ मंसिर २०७७, बिहीबार १०:४३

चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एउटा खोपले ’मध्य चरणमा सफलता पाएको’ अनुसन्धानकर्ताले बताएका छन् । सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ । अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*