मकवानपुरे गायकको नया म्युजिक भिडियो सार्बजनिक

१० भाद्र २०७७, बुधबार १४:१३

 

१० भदौ, हेटौडा । आज मकवानपुरे कलाकार भुपेन्द्र राना अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ ।
तिम्रो माया बोलको गीतमा रानाले अभिनय गरेको हो । राना संगै भिडियोमा रीता केसिको समेत अभिनय देख्न सकिन्छ । राना र केसि दुबैको यो डेब्यु म्युजिक भिडियो हो । सो भिडियोको कथा वस्तु आषिष अस्लामीले तयार गरेका हुन र गीत समेत गाएका हुन । गीतको रेकर्डिङ हेटौंडाकै NMI Production स्टुडियोको सुमन तामाङ्गले गरेको हो। भिडियोको निर्देशन र एडिट एजे टिम हेटौंडाका अजय वाइबाले गरेका हुन ।
भिडियोको सुटिङ्ग मकवानपुरको मनोरम दृस्य रहेको दामन, चित्लाङ्ग, राक्सिराङ्ग लगायतका क्षत्रेमा छायांकन गरिएको हो । उक्त भिडियो तयार पार्दा सम्म करिब ७०,०००रु को लागत गरिएको रानाले बताए । रानाले अनलाइन संग कुरा गर्दै आफ्नो भिडियो प्रतिको लगाब रहेको र यो क्षेत्रलाइ निरन्तरता दिने बताए । उनले भिडियोलाई प्रचार प्रसार गर्नको लागि बकैया टाइम्सलाई अनुरोध  गरेका छन ।

भिडियो हेर्नुहोस


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*