(मिस्टर डि) को नयाँ गीत बन्दै छ नेपाल–२ सार्बजनिक (भिडियो सहित)

१५ श्रावण २०७७, बिहीबार १३:२३

मकवानपुर । मकवानपुरका र्‍यापर गायक सन्दिप बिष्ट (मिस्टर डि) को नयाँ गीत विहीबार सार्वजानिक गरिएको छ ।
र्‍यापर सन्दिप बिष्ट मिस्टर डिको जन्मदिनको अवसर पारेर विहीबार गायक डिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो । गीत काठमाडौं, हेटौंडा र पोखरामा छायाँकन गरिएको छ ।बन्दै छ नेपाल २ को कल्ले भन्यो तँलाई भन्ने गीत सार्वजानिक भएको हो ।
सुमन तामाङको संगीत संयोजनमा तयार पारिएको गीतमा वि टु डीको नृत्य रहेको छ । उक्त नृत्यलाई रवि पटेल, विक्की पटेल र विवेक थापाले कोरियोग्राफी गरेका छन्, ।

गीतमा निर्मला हत्या काण्ड देखि ७० करोड भ्रष्टचारलाई समेतका कुरालाई उठाइएको छ । र्‍यापर डिले आफ्नो गीतमार्फत देशका कलाकारमाथि भएका प्रहरी हस्तक्षेप र मानव अधिकारको विषयलाई पनि उठान गरेका छन्, ।
आफ्नै लेखन तथा आवाजमा रहेको गीतको भिडियोलाई अनिल कटुवालले खिचेका हुन्, भने छायाँकनमा सहयोगी द क्लिकर्स हेटौंडा र सौरव तामाङ रहेका छन्, । उक्त गीतको भिडियोलाई सुरज दाहालले निर्देशन गरेका छन्, । उक्त भिडियोलाई अनिल कटुवालले सम्पादन गरेका छन्, ।

 


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*