मुख्य समाचार

भीमफेदी बस दुर्घटना, घटनास्थलमै ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा थप १ सहित ७ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि हिडेकोे ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेत आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएका हो । जिल्ला प्रहरी कार्यलय प्रमुख बामदेब गौतमका अनुसार े ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा […]

वीर अस्पतालका औषधि पसलमा चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ । औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ । बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो । यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना भत्काउने अभियान […]

बकैयामा आगलागीले घर जलेर खरानी, छिमेकीको अनाज समेत जलेर खरानी

बकैया गाँउपालिकामा एकाविहानै घरमा आगलागी हुदाँ एक गरिब परिवारको बिचल्ली भएको छ । आगलागीले घर जलेर छिमेकीको अनाज समेत खरानी भएको छ । बकैया पालिका वडा ं५ हर्कटेनी देउडि स्थित मगरटोलमा बिहान अन्दाजी ११ बजे तिर घरमा कोहि नभएको समयमा कुमार थिङको घरमा आगलागी भएको हो । आगलागीबाट कुमार थिङको घर जलेर पुर्ण रुपमा क्षती […]

सर्वेन्द्र खनालको विवादित इतिहास : ‘फेक इन्काउन्टर’ देखि ‘सांसद अपहरण’सम्म

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा खनाललाई ओलीले पार्टी प्रवेश गराएका हुन् । ३० वर्ष प्रहरी सेवामा बिताएका खनाल काठमाडौं ६ र तनहुँमध्ये एकबाट चुनाव लड्ने तयारीमा छन् । ‘विवादित’ पृष्ठभूमि रहेका […]

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज धमाका,कतै तपाई छुट्नु होला नि!

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेलाले धमाका मच्चाइरहेको छ । नयाँ ब्यवस्थापन सगैँ हेटौँडा अटो मार्टले फराकिलो सुविधा सम्पन्न वर्कशप तथा प्रर्दशनी रुम सहित दशै धमाका चलाइरहेको छ । हेटौंडा–४ स्थित रानी दरबार अगाडी ग्राण्ड एक्स चेन्ज मेलाले प्रर्दशनी रुम ओपनिङ सहित धमाका मच्चाइरहेको छ । धमाका एक्सचेञ्ज मेला भदौ २९ गतेदेखि दशैँ अबधिभर रहने छ […]

अन्ठाउन बर्षिय ताराकुमारी लामालाई ह्विल चियर

हेटौँडा, ३० भदौ लायन्स क्लव अफ मकवानपुर, हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेकोे छ । लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा १३ स्थित एक कार्यक्रम आयोजना गरेर असहाय ५८ वर्सिय ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो । हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स कल्व अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक […]

सत्ता गठबन्धन बैठक : आज ‘लामो छलफल’ तर सहमति जुटाउन असफल

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आइतबारको बैठक पनि निष्कर्षविहीन बनेको छ । उनीहरूले आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन नसकेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । बैठक भोलि बिहान पुनः बस्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार सोमबार बिहान […]

नेविसंघ विद्यार्थी र प्रहरीबीच घण्टाघरमा झडप

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ । […]

सात हजार ३५६ मा डेंगी संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

काठमाडौं । अहिले नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र […]

हातेमालो कल्बकोे अगुवाइमा रक्तदान, ४० पाउन्ड रगत संकलन

रक्तसञ्चार केन्द्र हेटौँडा रगतको कमी हुन थालेपछी बकैयामा आज शनिबार रगत दान कार्य भएको छ । स्थानिय हातेमालो कल्बको आयोजनामा रक्तदान कार्यक्रम गरेर रगत संकलन गरिएको हो । बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामीछानेले उद्घाटन गर्नुभएको कार्यक्रममा पालिका अध्यक्ष ,उपाध्यक्ष भक्त बहादुर खत्रि लगायतले रगत दान गर्नुभएको थियोे । नेपाल रेडक्रस सोसाइटी मकवानपुर प्रमुख लक्ष्मण भट्टराइ, […]