स्वास्थ्य र जीवन शैली

बकैया गाउँपालिका भित्रका २ जना गरी थप ५२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा पिसिआर र ६९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमश ४१ र ११ जना गरी थप ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । […]

सेयर बजार परिसूचक नेप्से तीन हजारमा उक्लियो

सेयर बजार परिसूचक नेप्से तीन हजार माथि उक्लिएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचक १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ । आज […]

थोरै लगानी र मेहनतमा राम्रो आम्दानी टिमुरखेती,

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष […]

बकैयाका ४ सय ८४लाइ लगाइयो कोभ्याक्सिन

बकैया गाँउपालिकामा रहेका ४सय ८४जना बृद्धबृद्धालाई प्रथम चरणको कोभिड–१९ बिरुद्धको खोप कोभ्याक्सिन लगाइएको छ । बकैया गाँउपालिकाको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा हिजो आइतबार २३ र आज सोमबार २४ गते ५५ वर्ष माथिका बृद्धबृद्धालाई यो खोप लगाइएको हो । पहिलो दीन आइतबार २सय ११ जना र सोमबार २ सय ७४ जनालाई कोभ्याक्सिन दिइएको प्राथमिक स्वास्थ्य […]

सुतेको ओछ्यानै बोकेर बेपत्ता पारिए मालपोतका रिटायर्ड सुब्बा दम्पती

गीतादेवीको कोठामा देखिएको रगत परीक्षणका लागि ल्याइयो काठमाडौं महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवाका ६५ वर्षीय मोसिफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी ‘रहस्यमय’ ढंगले चार दिनदेखि बेपत्ता छन्। उनीहरू सुतेकै ठाउँबाट मंगलबार ‘रहस्यमय’ ढंगले बेपत्ता भएका थिए। उनीहरूको स्थिति अज्ञात छ। प्रहरीले दुबैलाई फेला पार्न सकेको छैन। प्रहरीका अनुसार झाका  श्रीमान्-श्रीमती मंगलबार राति अलग-अलग कोठामा सुतेका थिए। […]

मकवानपुरमा आज हालसम्म कै सबैभन्दा बढी कोरोना मुक्त

आज हालसम्म कै सबैभन्दा बढी कोभिड १९ संक्रमितले कोभिड १९ लाई पराजित गरेको छन् ५ गते १९९ जनाले स्वाब संकलन गरेकोमा १३२ जनाले पुन स्वाब दिएका थिए त्यसमा ३ जना बाहेक सबैको नेगेटिभ नतिजा आएको स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनु भयो । यसरी एकै दिन १२९ जना कोभिड १९ को संक्रमण मुक्त भएका हुन […]

दशैं मनाउन गाउँ फर्किनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा न्यून

  ६ कात्तिक, हेटौडा । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ । आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ फर्किनेहरुको ताँती देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ । यद्यपि […]

३१६७ जनामा कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् । यससँगै कुल संक्रमितको संख्या […]

४८ जनाद्वारा रक्तदान

मकवानपुर जिल्ला तेक्वान्दो संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिपरिसरमा कार्यक्रम गरिएको हो । मकवानपुर जिल्ला तेक्वान्दो संघ अध्यक्ष लालकाजी रत्न बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला […]

सुगम पोखरेलका बुवाको निधन

गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले रातोपाटीलाई जानकारी दिए । एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।